दीपेश पुन ४ लाख धरौटीमा रिहा

| 2024 Apr 19 | 03:05 pm 533

काठमाडौँ, ०७ वैशाख / रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा दीपक उप्रेतीको इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतमा तीन दिन भएको बयान र थुनछेक बहसपछि यस्तो आदेश भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.