दिनदहाडै गोली प्रहार गरी ९ लाख ५० हजार लुट्ने लुटेरा सार्वजनिक

| 2018 Jun 05 | 04:56 pm 3613

कैलाली, २२ जेठ :  धनगढीमा दिनदहाडै गोली प्रहार गरी नौ लाख ५० हजार रकम लुट्ने लुटेरालाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलनको गरी लुटपाटमा संग्लन पाँच जनालाई सार्वजनिक गरिएको हो ।

लुटेको रकम मध्ये पाँच लाख ४८ हजार ६ सय नगद र ६ राउण्ड गोली सहित पेस्तोल र मोटरसाईकल पनि प्रहरीले सार्वजनिक गरेको छ ।

मुख्य योजनाकार धनगढी उपमहानगरपालिका–६ जालीका राजकुमार चौधरी, कञ्चनपुरको बेलौरी नगरपालिकाका ३० बर्षीय उग्रसेन राना, कञ्चनपुरकै कृष्णपुर–९, पिपरियाका २३ वर्षीय कल्लु भनिने कालु राना र धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँका २८ वर्षीय राम प्रवेश रानालाई सार्वजनिक गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै एसएसपी हरीराज वाग्लेले अब अपराधीलाई कुनै पनि हालतमा नछोड्ने बताउँदै अपराधमा संलग्नलाई कडाभन्दा कडा कार्वाही गर्ने ठोकुवा गरे । उनले भने अपराधमा संलग्नको खोजी कार्यमा कैलालीका विभिन्न क्षेत्रमा जडान गरिएका सिसि टिभी क्यामराको सहयोगमा लुटेराहरुलाई पक्राउँ गर्न सफल भएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.