बाजुरा, २० जेठ :
नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले जनताका नैसर्गिक आधारभूत अधिकार र लोकतान्त्रिक गणतन्त्र सरकारले सुरक्षित गर्नुपर्ने बताएका छन् ।
उनले उक्त कुरा नेपाल प्रेस युनियन बाजुराले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बताएका हुन् । नेता लेखकले संविधानको ग्यारेण्टी तथा मौलिक हक अधिकार सुनिश्चितता गर्दै लैजान सरकारलाई आग्रह समेत गरेका थिए।
सबै राजनीतिक दलको सहकार्यमा नै संविधान कार्यान्वयन भएको लेखकको भनाइ थियो । काँग्रेसको नेतृत्वमा नै मुलुकले एतिहासिक सफलता प्राप्त गरेको बताउँदै नेपाली काँग्रेसले एक दशकमा प्राप्त गरेका उपलब्धिको ठीक ढंगले कार्यान्वयन भए नभएको बारेमा पार्टीले खबरदारी गर्ने कुरा समेत प्रकट गरेका छन् ।
“काँग्रेसले सरकारले गरेका दाेष र गुणका अाधारमा संविधान कार्यान्वयन तथा राष्ट्रको हक हितमा सहयोग गर्दै प्रभावकारी रुपमा बलियोे प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।”