दोलखा, साउन १८: लगातारकाे अविरल वर्षासँगै जिल्लाको गौरीशंकर गाउँपालिका–१ जुगुको झगडेमा भीषण पहिरो गएको छ । शुक्रबार राति पहिरो जाँदा १० घरमा क्षति पर्याएका छन् ।
इलाका प्रहरी कार्यालय मैनापोखरीका प्रहरी नायब निरीक्षक ( सई) बद्री नेपालीले दिएकाे जानकारी अनुसार पहिरोको कारण २ जना सम्पर्कविहीन भएको बताए ।
बेपत्ता हुनेमा सोही ठाउँका ५५ वर्षीय जगतबहादुर खत्री र १६ वर्षीय निशान खड्का रहेको सई नेपालीले जानकारी दिए ।