दार्चुलामा यात्रुबाहक बस दुर्घटना, १५ जना घाइते

रिपोर्ट नेपाल | 2024 Jan 19 | 08:59 am 201

दार्चुला, माघ ५। दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको यात्रु्बाहक बस केही बेरअघि दार्चुलामै दुर्घटना भएको छ । सुपप्र ०२ ००१ ख १०३१ नम्बरको यात्रुबाहक बस दार्चुलाको मकाहाली नगरपालिका वडा नम्बर ५ फोहर फाल्ने ठाउँ नजिकै सडकबाट महाकालीतिर खसेको हो ।

प्रारम्भीक जानकारी अनुसार बसमा सवार १५ जना घाइते भएका जानकारी प्राप्त भएको छ । घाइतेहरु सबैलाई जिल्ला अस्पताल दार्चुला लगिएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये २ जना गम्भीर रहेका प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेकाले विस्तृत जानकारी आउन सकेको छैन ।

null

(अन्नपुर्णबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.