दार्चुलाको हिमपहिरोमा बेपत्ता भएकाको पहिचान खुल्यो

| 2023 May 03 | 08:08 am 657

दार्चुला, बैशाख २०: मंगलबार दार्चुलाको हिमपहिरोमा परी बेपत्ता भएकाको पहिचान खुलेको छ। जिल्लाको व्याँस गाउँपालिका–१ भोलिन भन्ने स्थानमा हिमपहिरोमा परेर ७ जनाको सकुशल उद्दार गरिएको छ भने ५ जना  अझै बेपत्ता छन्।

बेपत्ता हुनेमा दार्चुलाको दुहुँ गाउँपालिका ४ पोक्सेका ३६ वर्षीया कमला कुँवर, उनका छोरा १८ वर्षीय प्रवीण कुँवर, डोटीको जोरायल गाउँपालिका २ बुडरका ४५ वर्षीया नक्की दोमा थापा, सोही ठाउँका २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिम्मी थापा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

आज बिहानैदेखि सशस्त्र प्रहरीको टोली र नेपाल प्रहरीको टोली गएर उद्दार गर्ने प्रमुख जिल्ला अधिकारी किरन जोशीले बताइन्। अन्नपूर्ण पाेस्टबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.