बुटवल, भदौ २५ : रुपन्देही जिल्लाको शुद्धोदन गाउँपालिका– ७ स्थित दानव नदीमा एक महिलाको शव आज सोमबार फेला परेको छ ।
त्यस ठाँउका स्थानीयवासीले शव देखेर तत्काल प्रहरीलाई खबर गरेपछि प्रहरी शव स्थल पुगेर अनुसन्धान गर्दा शव पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय छपियाका प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले जानकारी दिएका छन् ।
अन्दाजी २३ वर्षीया ती महिलाको शव परीक्षणका लागि भीम अस्पताल भैरहवामा राखिएको प्रहरीले बताएका छन् । सो घटना के कारणले भएको हो भन्ने विस्तृत कुरा अब अनुसन्धानबाट मात्रै थाहा हुने प्रहरी निरीक्षक बोहोराले बताएका छन् ।