दसैँमा पर्यटन विभाग र बोर्डले सेवा सञ्चालन गर्ने

| 2024 Oct 10 | 11:53 am 237

काठमाडौँ, आश्विन २४ / बडादसैँमा पर्यटकको सेवालाई मध्यनजर गरी विजयादशमीको टीकाको दिन सार्वजनिक विदा परेकाले त्यसदिनबाहेक सबैदिनसेवालाई निरन्तरता दिने बोर्डका निर्देशक मणिराज लामिछानेले बताएका छन् । पर्यटन विभाग र नेपाल पर्यटन बोर्डका दुवै निकायको अत्यावश्यक सेवा सञ्चालन हुने भएको छ।

बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) सहयोग केन्द्र र पर्यटक सूचना केन्द्र सञ्चालन हुनेछ ।

पर्वतारोहणको सन् २०२४ को शरद् ऋतुको मध्य अवस्थामा चलिरहेकाले आरोहणको व्यस्त याममा दसैँमा आरोहण अनुमति, ‘ब्रिफिङ’ तथा ‘डिब्रिफिङ’ निरन्तर सञ्चालन हुने विभागले जनाएको छ । सार्वजनिक बिदाको दिनसमेत विभागको काम यथावत् रहने जनाइएको छ ।

दसैँलगायत महत्वपूर्ण चाडपर्वसँगै पर्यटकीय याम पनि भएकाले हाल पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढेको बोर्डले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.