दशैंमा चार सय क्विन्टल चामल टिङ्कर र छाङरुमा हेलिकोप्टरबाट ढुवानी गरिने

रिपोर्ट नेपाल | 2022 Sep 25 | 08:24 am 993

काठमाडौं, असाेज ९ः दशैंका लागि दार्चुलामा चार सय क्विन्टल चामलसहित खाद्यान्न हेलिकोप्टरमार्फत ढुवानी गरिने भएको छ ।

टिङ्करमा १६० र छाङरुमा २४० क्विटल चामल ढुवानीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबार बोलपत्र आह्वान गरेको छ ।

कम्पनीको शाखा कार्यालय दार्चुलादेखि दार्चुलाको व्यास गाउँपालिको टिङ्कर र छाङरुसम्म हेलिकप्टरबाट खाद्यवस्तु ढुवानीका लागि हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले गोप्य शिलबन्दी पेस गर्न भनिएको छ ।

स्वीकृत भएको हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले १४ असोजमा कम्पनीसँग सम्झौता गर्नुपर्ने छ । दशैैं अघि नै खाद्यान्न ढुवानी गरिने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.