काठमाडौँ, आश्विन ३ / ‘नेशनल डे कन्सर्ट’मा सहभागी एक सानो समुहले ‘बालेन ! बालेन !’ भनेर नारा लगाउन थालेपछी दरबारमार्गमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहका समर्थक कुटिएका छन् ।
बालेनको पक्षमा नारा लगाएका केही युवाहरूलाई अर्को समूहले कुटपिट गरेको हो । कुटपिट गर्ने र कुटिने व्यक्तिहरूको पहिचान खुलेको छैन ।
संविधान दिवसको अवसरमा नागरिकस्तरबाट भएको भनिएको कन्सर्टमा ठुलो सङ्ख्यामा युवाहरू राष्ट्रिय झण्डासहित भेला भएका छन् ।