- महेश सिंह
सिरहा, भदौ २०ः लहान अस्पतालमा कार्यरत नर्सिङ स्टापहरुको दरखाने कार्यक्रम सम्पन्न भएको छ। हरितालीका तीज आउनु भन्दा अगाबै राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा कार्यरत नर्सिङ स्टापहरुद्धारा भव्य रुपमा दर खाने कार्यक्रम सम्पन्न गरेको हो ।

दर खाने कार्यक्रमको प्रमुख अतिथिमा एमनेसटी ईनटर नेशनल सिरहाका संयोजक तथा महिला अधिकारकर्मि रिता महतो रहेकी थिइन् भने विशिष्ट अतिथिमा जसपाका युवा नेता राम चलितर महतो, लहान अस्पतालका डा कुसुम यादव, डा अंसु यादव नर्सिङ वार्डका इन्चार्ज मधु पासमान, राम प्यारी, सखुवानान्कारकट्री गाउँपालिका वडा २ सोठीयाईनका नेकपा माओवादी केन्द्रका अध्यक्ष राम परिक्षण महतो समाजसेवी ब्रहम देब महतो, नेपाल पोस्ट दैनिक महेश सिंह लगायतका ब्यक्तिहरु उपस्थित रहेका थिए । उक्त कार्यक्रममा सम्पूर्ण अतिथिहरूले शुभकामना मन्तब्य राखेका थिए।

लहान अस्पतालमा कार्यरत नर्स बिमला थापाको नेतृत्वमा अस्पतालका सम्पूर्ण नर्सिङहरुलाई दरखाने कार्यक्रममा सहभागी गराएका थिए। उक्त कार्यक्रममा दरखनेसँगै सांस्कृतिक कार्यक्रमहरु समेत गरेर मनाएका थिए।
तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ।
नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्।

यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा पनि मनाइन्छ। भनिन्छ, शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो। त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन्।