थ्रेसहोल्ड’ ३ प्रतिशतबाट बढाउँछौँ : शंकर पोखरेल

| 2024 Jul 30 | 01:17 pm 473

काठमाडौं १५ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रेस चौतारी दाङले घोराहीमा सोमबार गरेको पत्रकार सम्मेलनमा लोकतन्त्रको स्थायित्वका लागि कांग्रेससँग सत्ता सहकार्य भएको बताएका छन् ।

महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण लोकतन्त्रमै प्रश्न उठ्न थालेकाले मिल्नुपरेको बताएका हुन् । लोकतन्त्रलाई बलियो बनाउन एमाले र कांग्रेस मिल्नुको विकल्प नभएको उनको तर्क रहेको थियो ।

‘राजनीतिक अस्थिरताले अहिलेको शासकीय व्यवस्थामा नै अविश्वास पैदा भयो’, उनले भने, ‘त्यसको अन्त्य गर्न चुनावी प्रणाली र संविधान संशोधन गर्न आवश्यक छ । एक्लै नसकिने भएकाले कांग्रेसको साथ लिएका हौँ।’

महासचिव पोखरेलले राष्ट्रिय दल बन्न ३ प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको बताए ।

उनले थ्रेसहोल्डको प्रतिशत बढाउन संविधान संशोधन गरिने बताए । सरकार बनाउँदा साना दलको बार्गेनिङका कारण अस्थिरता हुने बताउँदै पोखरेलले त्यसको अन्त्य गर्ने दाबी गरे

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.