बझाङ, मंसिर १२ः बझाङको जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीको कुटपिटको कारण मृत्यु भएको छ ।
सोही ठाउँका दीपेन्द्र थापाले कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय कुलीबाँध घाटमा आगो तापिरहेका बेला एकआपसमा भनाभन हुँदा भण्डारीलाई आगोको अगुल्टाले हान्दै थापाले कुटपिट गरेका प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
घाइते भण्डारीलाई शनिबार राति उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । कुटपिटमा संलग्न थापालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए ।