काठमाडौँ ११ फागुन । जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता नवराज अधिकारीका अनुसार परोपकार स्त्री तथा प्रसुती रोग अस्पताल थापाथलीबाट २६ दिनको बच्चा चोरी भएको छ। बच्चा गायब भएको भन्दै प्रहरीमा उजुरी परेको छ। बच्चा खोजीका लागी प्रहरी टोली खटिइसकेको उनले बताएका छन् ।
प्रहरीका अनुसार काभ्रे घर भएकी एक महिलाको २६ दिनको बच्चा चोरी भएको भन्दै उजुरी दिएकी छन्। अस्पतालमा उपचाररत बच्चा केहीबेर लिने भन्दै एक जना महिलाले बच्चा लिएकी थिइन्।
बच्चा लिएको केहीबेरमै ती महिला फरार भएकी थिइन्। शुक्रबार दिउँसो १२ बजेतिर बच्चा चोरी भएको र अहिलेसम्म नभेटिएको प्रहरीले बताएको छ। प्रवक्ता अधिकारी भन्छन्, ‘अस्पतालको सीसीटिभीलगायतका अन्य शंकास्पद सबै ठाँउमा प्रहरी टोली खटिइसकेको जनाइएको छ।