थापाथलीको सडकमा पाइप फुट्दा खेर गयो मेलम्चीको पानी

| 2025 Mar 04 | 02:32 pm 553

काठमाडौं २० फाल्गुन । काठमाडौंको थापाथली चोकनजिक मेलम्चीको पाइप फुटेर बगेको पानी छेउछाउका पसलभित्र छिर्दा लाखौंको नोक्सान भएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का अनुसार पाइप फुटेको केही समयमै पाँच लाख लिटर पानी खेर गएको हो । पाइप फुटेको केही समयमै बन्द गर्न सफल भएकोले धेरै पानी खेर जान नपाएको केयुकेएलले जनाएको छ ।

थोक औषधिको कारोबार गर्ने सत्यनारण मेहताको औषधि गोदामभित्र पाइप फुटेर बगेको भल छिर्दा पचास लाखभन्दा धेरैको नोक्सान भएको बताए । अब यसको क्षतिपूर्ति कसले दिन्छ ? यसका लागि कसलाई कहाँ भन्न जाने हो उनले भने, ?

बिहानै ५ बजे पाइप फुटेपछि त्यस क्षेत्रका केही पसलहरु डुबानमा परेका थिए । सडक र सडक पेटमा क्षति पुगेको थियो । सडकमा ढुंगा-माटो र गिट्टी थुप्रिएको थियो । सडकसमेत अवरुद्ध भएको थियो । अहिले प्रभावित क्षेत्रमा मर्मत तथा सरसफाइ गरिसकिकएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.