थप तयारीका लागि सर्‍यो कांग्रेसको दुवै बैठक

| 2024 May 13 | 11:46 am 453

काठमाडौँ ३१ वैशाख / नेपाली काँग्रेस संसदीय दलक अनुसार नेपाली काँग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सरेको छ ।

आज दिउँसोका लागि बोलाइएको दुवै बैठक स्थगित गरिएको नेपाली काँग्रेस संसदीय दलले जनाएको हो । आज स्थगित भएको बैठक जेठ १ गते सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने जनाइएको छ ।

संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे हुनेछ भने दलको बैठक ९ बजे बस्ने काँग्रेसले जनाएको छ । बैठकबाट कांग्रेसले मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गर्ने सरकारको नीति तथा कार्यक्रम अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउँदै संसदीय छानबिन समितीको माग गरेर संसद्‌ अवरुद्ध गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.