काठमाडौं, भदौ २० : स्नातकोत्तर प्रथम वर्षको सेमेष्टर प्रणालीको शिक्षा संकायको परीक्षा स्थगित भएपछि त्रिभुवन विश्वविद्यालयले परीक्षाको तालिका संशोधन गरेको छ । डीन कार्यालयले एक सूचना जारी गर्दै परीक्षाको तालिका संशोधन भएको जनाएको हो ।

डीन कार्यालयले परीक्षा तालिका सार्वजनिक गरे लगतै फेरी विद्यार्थीहरू आन्दोलित भएका छन् । डीन कार्यालयले प्रश्नपत्र बाहिरिएको विषयमा केही कुरा नबोली सिधै अन्य विषयको संसोधित परीक्षा तालिका सार्वजनिक गरेको भन्दै अन्दोलित भएका हुन् ।
विद्यार्थीहरूले सम्पूर्ण विषयको परीक्षा तालिका पुन निकाली मर्यादित परीक्षा सञ्चालन गर्नुपर्ने र नयाँ प्रश्न पत्र तय गर्नु पर्ने माग गर्दै प्रर्दशन गरेका थिए । डीन कार्यालयले संशोधित परीक्षाको तालिका सार्वजनिक गरेकाेबारे विद्यार्थीहरुले डिन र साहय डीनसँग डिन कार्यालयमै तीन घण्टा बहस गरेको परीक्षर्थी के आर पाण्डुलीपीले बताए । बहसमा विद्यार्थिहरुको कुनै मागको सुनुवाई नभएको समेत पाण्डुलिपीले बताए ।
प्रथम सेमिस्टरको शिक्षा शास्त्र सङ्काय अन्र्तगत शैक्षिक मनोविज्ञानको प्रश्नपत्र परीक्षा हुन अगावै बहिरोएपछि परीक्षा स्थगित गरिएको थियो । हिजो मंगलबार हुने भनिएको शैक्षिक मनोविज्ञानकाे प्रश्नपत्र बाहिरिएपछि त्रि.विले मंगलबार बिहान ८ बजे नै परीक्षा स्थगित भएको सूचना जारी गरी परीक्षा स्थगित भएको जनाएको थियो ।

मंगलकार पनि विद्यार्थीहरूले त्रिविको चरप लार्पबाहीले विद्यार्थीको भविष्यमाथि ठुलो खेलबाड भएको भन्दै अन्दोलन गरेका थिए । यही १७ भएको फाउन्डेसन अफ एजुकेसनको पश्नपत्र एक प्राध्यापकद्वारा लिखित किताबमा हुबहु भेटिएर र शैक्षिक मनोविज्ञान पश्नपत्र परीक्षा अगावै बाहिरिएपछि विद्यार्थीहरूले यस्ता गैरजिम्मेवारी काम गर्ने कर्मचारीहरूलाई छानबिन गरी कडा कारबाही गर्नुपर्ने माग राख्दै डीन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका थिए।