त्रिशूली नदीमा खसेको बोलेरो भारतीय, क्याबिन खाली भेटियो

रिपोर्ट नेपाल | 2024 Jan 16 | 08:54 am 549

अनिल ढकाल

चितवन, माघ २। नारायणघाट- मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट त्रिशुली नदीमा भारतीय बोलेरो खसेको पाइएको छ। इच्छाकामना गाउँपालिका- ५ स्थित राजमार्गबाट नदी भित्रबाट गाडीको बत्ति बलेको स्थानीयले आज बिहान देखेको भन्दै खबर गरेका थिए।

जानकारी पाएलगत्तै घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर कार्कीले भारतबाट आएको बोलेरो गाडी फेला परेको जानकारी दिए। उनका अनुसार गाडीको क्याबिन खाली रहेको छ। नारायणघाट-मुग्लिनस्थित पुल निर्माणका लागि भीर कटान गरिरहेको तलबाट गाडी खसेको हो।

null

स्थानीयले गाडी खसेको हुनसक्ने भन्दै खबर गरेपछि प्रहरीले खोजीकार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले बताए।

उनका अनुबार बिहानैदेखि नेपाली सेना, वडा प्रहरी कार्यालय नारायणगढमा रहेको विपद् व्यवस्थापनको डुङगासहितको टोली र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा गोताखोरको टोली उद्धार र खोजीमा खटिएको छ। घटनाको थप विवरण आउन बाँकी छ। (अन्नपुर्णबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.