त्रिशूलीमा बेपत्ता यात्रुको गोताखोरबाट खोजी सुरु

| 2024 Jul 12 | 11:07 am 461

असार २८ शुक्रबार / नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहान गएको पहिरोले दुई वटा बस बगाउँदा बेपत्ता यात्रु खोज्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरएिको छ।

नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र सशस्त्र प्रहरी बलबाट गएको गोताखोरसहितको फौजले घटनास्थलमा पुगेर बिहानैदेखि उद्धार कार्य सुरु गरेको छ ।

शुक्रबार बिहान साढे तीन बजे सो सडकखण्डको सिमताल भन्ने ठाउँँमा अविरल वर्षासँगै आएको पहिरोले दुई वटा बस बगाएर त्रिशूलीमा खसाएको हो।

काठमाडौँबाट गौर जान जाँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौं जाँदै गरेको एन्जल बस पहिरोसहित त्रिशूलीमा खसेका हुन्। घटना स्थलमा उद्धारको थालनी भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.