त्रिशुली अस्पताललाई आइसियु बेड हस्तान्तरण

| 2021 Jul 12 | 06:48 pm 2069

नुवाकोट, असार २८ः यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले सोमबार नुवाकोट जिल्लाको विभिन्न स्थानीय तहमा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

No description available.

म्यागङ गाउँपालिका देउराली प्राथमिक स्वास्थ केन्द्रमा १ थान इसिजि मेसिन, तादि गाउँपालिका साबिक सुन्दरादेबि र शिवपुरी गाउँपालिका साबिक थानपतिमा एक एक थान अक्सिजन कन्सन्ट्रेटर, बिदुर नगरपालिकाको वडा न ३ खड्गभन्ज्याङ स्वास्थ चौकिमा ३ थान बेड, विदुर नगरपालिका वडा नं १२ चारघरे स्वास्थ्य चौकिमा २ थान बेड र १ थान अक्सिजन कन्सन्ट्रेटर, माक्स, पिपिई लगायत स्वास्थ सामाग्रीहरु ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीको उपस्थितिमा सम्वन्धित स्थानीय तहमा ट्रस्टका अध्यक्ष डा केदार नरसिंह केसीले एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् ।

No description available.

सामाजिक कामलाई राजनीतिसँग जोड्नु हुदैन, मानव जगतमा परेको यो महामारीमा सवैलाई सवैले सकेको सहयोग गर्नुपर्छ भन्ने मुल मान्यता राखी कोभिड १९ महामारीमा जिल्लावासीलाई अक्सिजनको अभाव हुन नदिन व्यवस्थापनको गर्न आफूलाई अग्रणी मोर्चामा उभ्याएको ट्रस्टले जिल्लाको एकमात्र पुरानो अस्पताल त्रिशुली अस्पताललाई दई थान आइसियू बेड उपलब्ध गराइ अस्पताल व्यवस्थापन समिति अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्टलाई हस्तान्तरण गरिएको थियो ।

No description available.

पछिल्लो समय जिल्लामा कोभिड १९ नयाँ प्रजाती डेल्टा भेरियन्ट भेटिएको अवस्थामा अझ थप जोखिम वढ्ने तर्फ सचेत रहन र आफू पनि वचेर अरुलाई वचाउन समस्त जनजनलाई हार्दिक अपिल गरिएको छ ।

No description available.

उक्त सामाग्री व्यवस्थापन, सहयोगी बिभिन्न संस्था र दाताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.