चितवन,साउन ११ : काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदीमा खस्दा मृत्यु हुनेमध्ये पाँच जनाको सनाखत भएको छ । घटनास्थलमै पाँच र उपचारका क्रममा दुई जना गरी सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये पाँच जनाको नाम थर खुलेको छ भने दुई जनाको खुल्लन सकेको छैन ।
चितवन जिल्ला प्रहरीको अनुसार पाल्पा बेगनासकालिका गा.पा. बस्ने बर्ष ३२ को अर्जुन न्यौपाने, तनहुँ भानु न.पा.५ बस्ने बर्ष २७ को सुमित श्रेष्ठ, काठमाडौं बस्ने बर्ष ३० को रबिन गुरुङ, तनहुं केशवटार बस्ने बर्ष ४० को बाबुराम तिवारी, तनहु भन्सार बस्ने अं. बर्ष २७ की कमला श्रेष्ठ रहेका छन् भने, अन्दाजी १८/१९ वर्षकी एक महिला र अन्दाजी २/३ वर्षीय बालकको नाम थर खुल्न सकेको छैन ।
ना ६ ख २५०६ नम्बरको बस पृथ्वी राजमार्गबाट करिब एक सय मिटर तल खसेको थियो । ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख बेदप्रसाद गौतमका अनुसार बस चितवनको इच्छा कामना गाउँपालिका, तुम्लिङटारस्थित सडकबाट एक सय मिटर तल खसेको थियो ।