त्रियुगा नगरपालिकामा मतगणना सुरु

| 2022 May 24 | 03:18 pm 285

उदयपुर, जेठ १०ः विवादका कारण रोकिएको उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना मङ्गलबारबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय बोक्सेमा सुरु भएको छ ।

त्रियुगाको वडा नं.–१२ को मतदान विवादित बनेपछि सो वडामा पुनः मतदान गराउने वा मतगणना भन्ने अन्यौलता भएको थियो । निर्वाचन आयोगले मतगणनाका लागि निर्देशन दिएपछि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले बताए ।

आज बिहान साढे १० बजे सुरु हुने सूचना जारी गरेकोमा प्राविधिक कारणले केही ढिलो गरी मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत सिलुवालले बताए । मतगणनास्थलमा गणना कर्मचारी, उम्मेदवारको प्रतिनिधिहरु वडा नं.–१ उपस्थित रहेका छन् । मतगणना त्रियुगाको वडा नं.–१ बाट सुरु गरिएको छ ।

चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तह रहेको उदयपुरमा छ वटाको गणना सकिसकेको छ । कटारी नगरपालिकाको गणना अन्तिम चरणमा पुगेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.