त्रिभुवन आर्मी क्लब दोश्रो चरणमा JSW Bengaluru क्लबसँग सामना गर्ने

| 2021 Apr 10 | 07:41 am 245

काठमाडाैं, चैत २८ः AFC CUP २०२१ अन्तरगत (SOUTH PRELIMINARY STAGE) को पहिलो प्रारम्भिक छनौटको खेलमा विजयी त्रिभुवन आर्मी फुटबल क्लबले दोश्रो चरण अन्तरगत मिति २०७८ बैशाख १ गते १७ः ४५ बजे (नेपाली समय) भारतको गोवा स्थित GMC Athletic Stadium Bambolim मा JSW Bengaluru फुटवल क्लबको सामना गर्ने भएकाे छ ।

उक्त खेलको लागि उपरथी निरन्जन श्रेष्ठको नेतृत्वमा त्रिभुवन आर्मी फुटबल क्लवका खेलाडी तथा अफिसियलहरु मिति २०७७ चैत २९ गते मित्रराष्ट्र भारतको गोवा जाने कार्यक्रम रहेको बताइएकाे छ ।

उक्त खेलको विजेता टिमले अम्वानी लिमिटेड ढाका (बंगलादेश) र क्लव इगल्स (माल्दिभ्स) विच हुने खेलको विजेता टिमसंग मिति २०७८ बैशाख ८ गते तेश्रो चरणको प्रारम्भिक छनौटको खेल खेल्ने कार्यक्रम रहेको जानकारी गराइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.