तोलामा २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

| 2024 May 10 | 12:18 pm 277

काठमाडौँ २८ बैशाख / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २३ सय रुपैयाँले वृद्धि भएको छ ।

छापावाला सुन बिहीबार प्रतितोला एक लाख ३५ हजार ६ सयमा कारोबार भएको थियो । छापावाला सुन भने तोलामा रु एक लाख ३७ हजार ९सय बराबरको मूल्य निर्धारण भएको छ ।

त्यस्तै, तेजाबी सुन बिहीबार प्रतितोला एक लाख ३४ हजार ९ सय ५० मा कारोबार भएको थियो । आजका लागि भने तेजाबी सुन एक लाख ३७ हजार २५० निर्धारण भएको छ ।

चाँदी भने तोलामा ५० ले बृद्धि भएको छ । बिहिबार प्रतितोला रु एक हजार छ सय ८५ मा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय ३५ निर्धारण भएको जनाइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.