तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

| 2024 May 13 | 11:59 am 809

काठमाडौँ ३१ वैशाख / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । महासंघका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ३८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो आज भने एक लाख ३८ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन आइतबार एक लाख ३७ हजार सात सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३७ हजार चार सय ५० रुपैयाँ निर्धारण भएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य तोलामा १० रुपैयाँले ओरालो लागेको छ । आइतबार प्रतितोला एक हजार सात सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय १५ रुपैयाँ निर्धारण भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.