तोकीएको समयमा काम नगर्ने ठेकेदारलाई कडाइका साथ कारबाही हुन्छ : गृहमन्त्री

| 2018 Jun 02 | 03:01 pm 2976

ताप्लेजुङ । गृहमन्त्री रामबहादुर थापा ९बादल०ले मुलुक समृद्धिको आधार नै भौतिक पूर्वाधारको विकास भएकाले यसमा हेलचक्र्याई गर्न नहुने बताएका छन् ।

अहिलेको सरकारको प्राथमिकता नै आर्थिक विकास र समृद्धि भएकाले यसमा सबै पक्षले ध्यान दिन जरुरी रहेको बताए । शनिबार यहाँ मन्त्री थापाले सञ्चारकर्मीसँग कुरा गर्दै विकास निर्माणका काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कडाइका साथ कारबाही गर्ने तर्फसमेत सरकार केन्द्रित भएको उल्लेख गरे ।

उनले मुलुकका कुनै पनि भौतिक संरचनाको निर्माणमा संलग्न रहेर काम पूरा नगर्ने, बीचैमा छाडेर भाग्ने ठेकेदारलाई सम्बन्धित मन्त्रालयले छानबीन गरेपछि कारबाहीका लागि आफ्नो मन्त्रालयले सहयोग गर्ने बताए ।

प्रशिद्ध तीर्थस्थल पाथिभरा मन्दिर जाने सडक निर्माणमा भएको ढिलासुस्तीका बारेमा समेत चासो राख्दै उनले यस्तो बताएका हुन्। २०७२ को असारमा ९कन्काई० कम्पनीले दुई वर्षभित्रै ग्राभेल गर्ने, नाली काट्ने कामसक्ने गरी सम्झौता गरे पनि हालसम्म काम पूरा नभएकोमा सञ्चारकर्मी लगायतले यस विषयमा मन्त्री थापाको ध्यानाकर्षण गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.