तेह्रथुम,असार १९ । इलाका प्रहरी कार्यालय आठराईबाट प्रहरी निरिक्षक विद्या सागर मेहताको कमाण्डमा गएको टोलीले संकान्तिबजार स्थित टासी लामाको घरबाट सातजना जुवाडेलाइ पक्राउ गरेको छ।अवैध रुपमा जुवाजन्य तास खेलिरहेको गोप्य सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ गरिएकाबाट प्रहरीले २ लाख ९३ हजार ५ सय ६ नेपाली रुपैया र ८ हजार २ सय ४० भारतीय रुपैया सहित ४२७ थान तास, नेपाल बैंकको चेकबुक १ र विभिन्न कम्पनीको मोवाईल फोन -१०थान बरामद गरेको प्रहरीले जनाएको छ।
