काठमाडौं, मंसिर १९: साग प्रतियोगिताको बिहीबारको खेलमा तेक्वान्दो खेलाडी भुपेन श्रेष्ठले स्वर्ण पदक जितेका छन्।
तेक्वान्दो कक्षमा भएको फाइनल भिडन्तमा भुपेनले भारतीय खेलाडी अक्ष हुडालाई पराजित गर्दै स्वर्ण पदक हातपार्न सफल भएका हुन् ।
८७ केजीमुनिको तौल समूह अन्तर्गत भएको फाइनल भिडन्तमा भुपेनले २९ अंक ल्याए भने भारतीय खेलाडीले २७ अंक ल्याएका थिए । बिहीबार ६ वटा स्वर्णका लागि भएको खेलमा नेपाल एउटामै सिमित रहन पुग्यो ।
सोही विद्याका महिला तर्फ मनिता शाहीसहितका अन्य खेलाडीहरु भारत र पाकिस्तानी खेलाडीसँग फाइनलमा पराजित हुँदै रजत पदक मात्र हासिल गरेका छन् ।