तीस हजार घुस रकमुसहित सामुदायिक विद्यालयका प्रधानाध्यापक अख्तियारको नियन्त्रणमा

रिपोर्ट नेपाल | 2020 Feb 27 | 05:16 pm 1876

दैलेख, फागुन १५: सामुदायिक विद्यालयका एक जना प्रधानाध्यापक ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका १ स्थित श्री भैरव माविका प्रधानाध्यापक नगेन्द्रबहादुर सिंह रहेका छन् ।

प्रअ सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर बस्नेतले शिक्षकको चौमासिक तलब र दशैं खर्च बापतको रकम निकासाका लागि घुस मागेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो ।

सोही उजुरीको आधारमा आयोगको कार्यालय सुर्खेतबाट खटेको टोलीले उक्त रकम घुस लिइसकेको अवस्थामा प्रअ सिंहलाई नौमुले गाउँपालिका १ मा रहेको एनएमबी बैंक नौमुले शाखाबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

प्रअ सिंहलाई आयोगको टोलीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको कोइरालाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.