तीन लाख घुससहित सहायक वन अधिकृत पक्राउ

रिपोर्ट नेपाल | 2018 Jun 15 | 07:12 pm 2580

कपिलवस्तु,असार १ :  कपिलवस्तुको इलाका वन कार्यालय जवाबैराठका सहायक बन अधिकृत ब्रह्मदेव महतोलाई रु तीन लाख रकमसहित आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

महतोलाई अख्तियारले चन्द्रौटास्थित निजको डेराबाट तीन लाख रकमसहित पक्राउ गरेको हो ।

सेवाग्राहीबाट घुस रकम लिएको सूचनाका आधारमा महतोको डेरामा अख्तियारले छापा मार्दा रकमसहित महतोलाई फेला पारेको अख्तियार बुटवलले जनाएको छ ।

वनबाट गोलिया निकासी, काठ कटानी अनुमतिका लागि सेवाग्राहीबाट सो रकम घुस लिएको र थप अनुसन्धान जारी रहेका अख्तियारले जनाएको छ । महतो दुई वर्षदेखि कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटामा डेरामा बस्दै आएका थिए । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.