तिलोत्तमामा ढुंगाले हानेर एक युवकको हत्या

रिपोर्ट नेपाल | 2018 Dec 13 | 07:26 am 1939

रुपन्देही, मंसिर २७ : रुपन्देहीको तिलोत्तमामा एक युवकको हत्या भएको छ । तिलोत्तमा नगरपालिका–७ दल्गाका २६ वर्षीय अशोक मुसहरलाई बुधबार राति स्थानीय २२ वर्षीय शिवपूजन चौधरीले ढुङ्गाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए।

हत्या बुधबार भए पनि बिहीबार मात्रै मुसहरको शव फेला परेको प्रहरीले जनाएको छ । खेतमा शव देखेपछि स्थानीयवासीले खबर गरे, शव हेर्दा हत्या गरेको आशङ्का लागेपछि अनुसन्धान गर्दै जाँदा चौधरीलाई पक्राउ गरियो, प्रहरी उपरीक्षक थापाले भने, “चौधरीले पनि हत्या गरेको स्वीकार गरे ।”

बुधबार राति विवाहमा साउण्ड सिस्टमको विषयलाई लिएर अशोक र शिवपूजनबीच झगडा भएको थियो । झगडापछि शिव पूजनले अशोकलाई घर जाउ भनी खेतमा ल्याई ढुङ्गाले टाउकोमा हानेर हत्या गरेको स्विकारेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताए। अभियुक्त चौधरीलाई गरी थुनामा थप अनुसन्धान थालिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.