तिम्ल्याहा दिदी–भाईले संगै दिए एसइई

रिपोर्ट नेपाल | 2019 Apr 02 | 07:39 am 2026

काठमाडौं, चैत्र १९ : लमजुङको बेंसीसहर–२, भकुन्डे स्थित बालकल्याण मावि केन्द्रका परीक्षार्थीको विवरण रुजु गर्ने क्रममा तीन जनाको जन्ममिति एउटै भेटियो । थर पनि एउटै । नाम गंगा, जमुना र सागर । कौतूहल भएपछि अरूलाई बुझ्यौं उनीहरूलाई पनि सोधपुछ गर्‍यौं, केन्द्राध्यक्ष तीर्थ नेउपानेले भने, उनीहरू तिम्ल्याहा रहेछन्।

चैत्र १० बाट भइरहेको एसईईमा एउटै केन्द्रमा तिम्ल्याहा विद्यार्थी रहेको त्यसअघिसम्म न केन्द्राध्यक्षलाई थाहा थियो, न निरीक्षक, न त परीक्षार्थीलाई । उनीहरूकै साथी बाहेकले चाल पाएनन् । मिल्दो जुल्दो अनुहार भए पनि एउटै कोठामा नपरेकाले तिम्ल्याहा हुन् भनेर कसैले अडकल गरेको थिएन । गंगा, जमुना र सागर बेंसीसहर–३ बाहुनबेंसीको यशोब्रह्म माविका विद्यार्थी हुन् ।

उनीहरूले कक्षा १ देखि नै सँगै पढेका हुन् । उनीहरूले ५ र ६ कक्षा नजिकैको लालीगुराँस आवासीय स्कुलमा पढेका थिए । उक्त स्कुल बन्द भए पछि उनीहरूले सामुदायिक विद्यालय रोजे । तिम्ल्याहा गंगा, जमुना र सागर २०६१ असार ३ मा जन्मिएका हुन् । उनीहरू भोजकुमार र सुशीला श्रेष्ठका छोराछोरी हुन् ।(कान्तिपुर दैनिकबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.