तिम्रो हासो नै हो मेरो………..
तिम्रो हासो नै हो मेरो खुसि भनेको
तिम्रो मुस्कान नै हो मेरो जिन्दगि भनेको
तिमि हास प्रिय मेरो अनुहारमा खुसि आउछ
म देखि टाढा नजाउ तिमि यो मन रुन्छ
तिमि यो ठाउँमा आउ मेरो दिलले भन्छ
तिमि हास्दा तिमि सँगै मेरो मन हास्छ
मेरो बारेमा गित बनाई गाउनेछौ होला
भावना बगेर मन भित्र चित्र बनाउछौ होला
तिमि आउ, मेरि मायालु तिमि आउ
मन्द मुस्कान छरेर एकपल्ट हासिदेउ
म यहाँ एक्लो हुदा किन………
म यहाँ एक्लो हुदा किन मन रुन्छ
एक्लो बस्दा यो मनमा किन डर लाग्छ
य डरले मन मेरो कता तिर भाग्छ
किन यो मन कहिले रुन्छ कहिले हास्छ
आफैलाई फर्कि हेर्दा कस्तो कस्तो लाग्छ
उनलाई खोजिरहु जस्तो लाग्छ यादमा मन रुन्छ
अगाडि सार्न लागेका पाईला फछाडि सरे जस्तो लाग्छ
म यहाँ एक्लो हुदा किन मन रुन्छ
भन तिमि म के गरु, यो मेरो मनलाई कसरि शान्त बनाउ
यहाँ एक्लो बस्दाको डर यो मनबाट कसरि हटाउ
गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी