दाङ, चैत २५: एम्बुलेन्स सेवामा ताेकिएकाे भाडा भन्दा बढी भाडा लिएकाे अभियाेगमा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा लमही नगरपालिका ५ लमहीका ४० वर्षीय कृष्ण आचार्य र चालक ५० वर्षीय कमलप्रसाद भुषाल रहेका छन् ।
कृपा पाेलिक्लिनिक एण्ड मेडिकल हल लमही दाङद्वारा संचालित एम्बुलेन्स प्रयाेग गरी बिरामीलाई लमहीदेखि तुलसीपुर लैजाने क्रममा उनीहरूलाई पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे हाे ।
प्रचलित भाडा भन्दा बढी भाडा लिएकाे भन्ने गाेप्य सूचनाकाे आधारमा एम्बुलेन्स र उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाइएकाे जनाइएकाे छ ।