दाङ, कात्तिक ५: अवैध रुपमा तास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ घोराही उपमहानगर पालिका १३ का ४१ वर्षीय ईश्वरबहादुर महरा, ३६ वर्षीय कमल बिक, २९ वर्षीय नविन जिएम, रोल्पा त्रिवेणी गाउँपालिका १ का ३१ वार्षीय परभान पुन र ३८ वार्षीय भिम बहादुर बुढा रहेका छन ।
उनीहरुलाई मंगलबार बिहान ५ः ३० बजेको समयमा दाङ घोराही उप महानगरपालिका १३ डुमरगाउँ स्थित डेरा गरी बस्ने कमल बिकको कोठामा तास खेली रहेको अवस्थामा पक्राउ गरेको हो ।
उक्त तासको खालबाट ४ गड्डी तास र नगद ५२ हजार ८ सय २५ रुपैयाँ सहित पक्राउ परेको प्रहरीले बताए ।
गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय घोराही दाङबाट खटिगएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।
पक्राउ परेका उनीहरुलाई मूलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १ सय २५ को (जुवा सम्वन्धि) कसुरमा मुद्दा दर्ता गरी आवश्यक कारवाही अगाडी बढाइने बुझिएको छ ।