ताप्लेजुङका दुई सहायक वन अधिकृत घुससहित अख्तियारकाे फन्दामा

रिपोर्ट नेपाल | 2020 Jun 03 | 08:31 am 2664

ताप्लेजुङ, जेठ २१ः मंगलबार राति डिभिजन वन कार्यालय ताप्लेजुङका दुई सहायक वन अधिकृत घुससहित रंगेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा हायक वन अधिकृतद्वय वीरेन्द्र साह र जीवनकुमार यादव रहेका छन् ।

उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक–एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । उनीहरुले सेतक चिनी छोडपूर्जी बनाए बापत सेवाग्राहीसँग पटक/पटक घुस माग्ने गरेको भन्ने सूचना अख्तियारमा जानकारी भएकाे थियो ।

सोही सूचनाका आधारमा अख्तियारको ईटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट एक/एक लाख घुस लिँदै गर्दा नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, ईटहरीका प्रमुख चक्र बहादुर बुढाले जानकारी दिए ।

नियन्त्रणमा लिएका दुवैजनालाई थप अनुसन्धानका लागि काठमाडाैं पठाउँने बताइएकाे छ । सेवाग्राही र सेवा प्रदायकबीच कार्यालयमै रकम लेनदेन भएको पाइएकाे थियाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.