तापक्रम ओरालो झरेसँगै चिसो बढ्यो

| 2018 Dec 05 | 07:33 am 1573

काठमाडौं, मंसिर १९ : निरन्तर तापक्रम ओरालो लागेसँगै मुलुकभर चिसो बढीरहेको छ। देशभर मंगलबारको तुलनामा बुधबार तापक्रम घटेको छ।

मंगलबार ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम बुधबार ६ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ। सोमबार काठमाडौंको न्‍यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो।

मंगलबार माइनस ४ दशलव ५ डिग्री सेल्सियस मापन गरिएको जुम्लाको तापक्रम बुधबार माइनस ३ दशमलव ५ डिग्री पुगेको छ। जुम्लाको सोमबार तापक्रम माइनस ४ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो। जुन वर्षकै कम तापक्रम हो।

मंगलबार माइनस १ डिग्री मापन गरिएको जोमसोमको तापक्रम बुधबार पनि माइनस १ डिग्री नै छ। मंगलबार जिरीको तापक्रम ५ दशलमव ५ डिग्री सेल्सियस मापन गरिएको थियो भने आज ४ दशमलव २ डिग्री पुगेको छ।

आज दिपायलको तापक्रम १० दशमलव ६ डिग्री छ भने डडेल्धुराको ६ दशमलव ५ डिग्री पुगेको छ। त्यसैगरी ताप्लेजुङको तापक्रम ७ दशलव ५ छ भने लुम्लेको तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ।

त्यसैगरी आज धनगढीको तापक्रम १० डिग्री छ भने विराटनगरको तापक्रम १२ डिग्री सेल्सियस छ।

मंसिर १९ गते बुधबार देशका पुर्वी र पश्चिमि भु-भाग साथै मध्य पहाडी भू-भागमा आंशिक बदलि रहि अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज काठमाडौंमा सुर्योदय बिहान ६ बजेर ४० मिनेटमा भयो भने सुर्यास्त बेलुका ५ बजेर ९ मिनेटमा हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.