पाल्पामा बस दुर्घटना,१३ जनाको मृत्यु

| 2018 Jun 01 | 05:45 am 953

पाल्पा, जेठ १८: तानसेनबाट रामपुर तर्फ जाँदै गरेकाे यात्रुबाहक बस दुर्घटना भएकाे छ । दुर्घटनामा परी ११जनाको घटनास्थलमै ज्यान गएको छ भने ९ जनालार्इ उद्दार गरेर उपचारका लागि स्थानीय अस्पतालमा लगिएको र उपचारकाे क्रममा २ जनाकाे मृत्यु भएकाे  प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ज्यान गुमाउनेमा तीन महिला र ८ पुरुष रहेका छन् ।

पाल्पाबाट पत्रकार जगदीश भट्टरार्इले दिएकाे जानकारी अनुसार तानसेनबाट लक्ष्मी बचत तथा सहकारी संस्थाका प्रतिनिधिहरू रामपुरकाे सहकारी भ्रमणमा जाँदै गर्दा ताँहुमा दुर्घटना भएकाे हाे ।

उद्दारका लागि तानसेतबाट एम्बुलेन्स र थप शक्ति पठाइएकाे प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.