तातोपानी नाका खुल्याे तर, रसुवागढी नखुल्ने

रिपोर्ट नेपाल | 2020 Apr 09 | 02:19 pm 2199

सिन्धुपाल्चाेक, चैत २७ः छिमेकीराष्ट्र चीनतर्फको प्रमुख नाकाहरू मध्ये सिन्धुपाल्चोकको तातोपानी खुले पनि अर्को रसुवागढी नाका नखुल्ने भएको छ । वाणिज्य मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चैत १२ गते चीन सरकारलाई तातोपानी र रसुवागढी नाका सञ्चालनको आग्रह गर्दै पत्राचार गरेको थियो ।

विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिमको ‘हेल्थ डेस्क’ राखेर बुधबार साँझबाट तातोपानी नाका खुलेकाे हाे । यता रसुवागढी नाका भने तत्कालका लागि नखुल्ने चीन सरकारले नेपाल सरकारलाई जानकारी दिएकाे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

ताताेपानी नाकाबाट पनि अहिले खाद्यान्न र मेडिकल सामान मात्रै आउनेछ । प्रशासन, भन्सार, जनप्रतिनिधि र सुरक्षाकर्मीबीच छलफलपछि तीनबुँदे निर्णय गरी सुरक्षित रूपमा ताताेपानी नाका खोलिएको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए ।

अत्यवश्यक वस्तुको मात्रै आयात गर्ने सर्तमा तातोपानी नाका खेलेपछि रसुवागढी नाका भने तत्कालकाे लागि नखाेलिने भएकाे हाे । कोरोना संक्रमण भित्रने जोखिम बढेपछि उक्त नाकाहरू बन्द गरिएकाे थियाे ।

ताताेपानी नाकाबाट सामानहरू पनि नेपाल ल्याइसकिएकाे छ । पहिलो लटमा १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएका छन् । ७५ सय वटा मास्क र ५ सय सेनिटाइजर हेल्थ डेस्कमा जाँचेर भन्सार कार्यालयको यार्डमा लगिएको थियो।

गाउँपालिकाका प्रमुख पौडेलका अनुसार सामान लिनकाे लागि नेपालकै एउटा सवारी ताताेपानि नाका पुगेकाे थियाे । अहिले उक्त सवारी सिल्ड भएर काठमाडाैं गइसकेकाे पनि पैडेलले जानकारी दिए । नाका र झिर्पुमा गरी १० बेडको आइसोलेसन र १० बेडको क्वारेन्टाइन कक्ष पनि तयार राखिएको पनि उजले जनाकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.