काठमाडौं- नेपाल आयल निगमले गरेको मुल्य वृद्धिको विरोध गर्दै नेपाल विद्यार्थी संघले जुलुस निकालेको छ ।
शंकरदेव क्याम्पसबाट निकालिएको जुलुस आरआर हुँदै पुतलिसडक निस्कने कार्यक्रम छ । जुलुसमा नेविसंघका कार्यकर्ताभन्दा प्रहरीको उपस्थिति बाक्लो देख्न सकिन्छ । यस विषयमा नेविसंघ अध्यक्ष नैनसिंह महरलार्इ बुझ्दा उनले आफूलार्इ कुनै आधिकारिक जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
जुलुसमा रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधर विद्यार्थीको उपस्तथिति रहेको थियो । नेविसंघ गुटबन्दी हाबी हुँदा विरोध कार्यक्रम फितलो भएको हो ।