तस्बिरमा अर्जेन्टिनाका नेपाली फ्यान, निकाले समर्थन र्‍याली

| 2018 Jun 16 | 04:04 pm 1221

काठमाडौं – नेपालमा रहेका लियोनल मेस्सीको टिम अर्जेन्टिनाका नेपाली फ्यानहरुले र्‍याली निकालेका छन् ।

शनिबार काठमाडौंको टुँडिखेलमा अर्जेन्टिना समर्थहरूले र्‍याली निकालेका हुन् । जर्सीमा उपस्थित अर्जेन्टिनाका फ्यानहरु मेस्सी मेस्सी तथा अर्जेन्टिनाको जित भन्दै नारा समेल लगाएका थिए ।

रुसमा जारी विश्वकप कुन टिमले जित्ला भनेर प्रश्न गर्दा अर्जेन्टिनका समर्थकहरूले मेस्सीको टिमले जित्ने बताए ।

अर्जेन्टिनाले दुई पटक विश्वकपको उपाधि जितेको छ । १७ पटक विश्वकप खेलीरहेको अर्जेिन्टना सन् १९७८ र १९८६ मा विश्वकप जितेको थियो।

पाँच पटक सेमिफाइनलमा पुगेको अर्जेिन्टना पाँच पटक नै विश्वकपको फाइनलमा पुगेको छ । यो पटक अर्जेन्टिनामा स्टार स्ट्राइकर लियोनल मेस्सीलगायत अन्य थुप्रै युवा खेलाडीहरु रहेका छन् ।

रसियाको राजधानी मस्कोमा रहेको स्पार्टक स्टेडियममा नेपाली समयअनुसार ६: ४५ मा अर्जेन्टिना र आइसल्याण्डबीचको प्रतिस्पर्धा हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.