तल्लो तहसम्म एकता नभएका कारण प्रचार हुनसकेनः नेता नेम्वाङ

रिपोर्ट नेपाल | 2018 Dec 16 | 08:38 am 2300

काठमाडौं, पुस १ : पूर्वसभामुख एवं नेकपा संसदीय दलका नेता सुवाष नेम्वाङले पार्टी एकता तल्लो तहसम्म पुर्‍याउन ढिलाई भएका कारण सरकारले गरेका काम कारबाही बारे कार्यकर्ता र जनतालाई बुझाउन नसकिएको बताएका छन् ।

आइतबार बिहान रिपोर्ट नेपालसँग कुरा गर्दै नेता नेम्वाङले प्रतिपक्ष दलले भनेझै सरकारले सिन्को नाभाँचेको कुरालाई पुरै खण्डन गर्दै सरकाले ऐतिहासिक काम गरेको छ तर जनता र कार्यकर्तामाझ पुर्‍याउन नसकिएको कुरामा जोड दिएका छन् ।

शनिबारदेखि चलेको स्थायी कमिटिको बैठकको विषयमा राखिएको जिज्ञासामा दुई अध्यक्षबाट आएको राजनीतिक प्रतिवेदनमाथि व्यापक छलफल पश्‍चात् निस्कने निचोड पार्टीको प्रमुख लाइन हुने पनि नेम्वाङको भनाई रहेको छ ।

पार्टी स्थायी कमिटिमा छलफलको विषयमा गरिने संवादलाई बिरोधको संज्ञा नदिन आग्रह गर्दै नेता नेम्वाङले लोकतान्त्रिक तरिकाबाट विधि र संवाद हुनु स्वभाविक भएको बताए ।

नेता वामदेवको प्रतिवेदन असन्तुष्टिका लागि नआएको यसले दुई नेताको प्रतिवेदनलाई अझ परिमार्जन गर्न सहयोग पुग्‍ने बताएका छन् । प्रतिवेदनमा आएको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस प्रतिको धारणाको विषयमा नेता नेम्वाङले प्रतिपक्ष राज्यको अभिन्‍न अंगका भएको बताए।

अभिन्‍न अंगका रुपमा रहेको प्रतिपक्षले पनि आफ्नो दायित्वलाई ख्याल गर्दै जिम्मेवारी पूर्वक समुचित मूल्याङ्कन र समिक्षा गर्दै सरकारको काम कारबाहीलाई हेर्नुपर्ने पनि नेम्वाङको भनाई रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.