तरुण दलका क्षेत्रीय सभापति लिम्बु पक्राउ

| 2018 Jun 01 | 12:23 pm 1387

काठमाडौं १८ जेठ । नेपाली कांग्रेसका भात्री संगठन तरुण दलका क्षेत्रीय सभापति मन्दु लिम्बु पक्राउ परेका छन् । सभापति लिम्बुलाई इलाका प्रहरी कार्यालय इटहरीले भाउजूलाई धम्की दिएको आरोपमा पक्राउ गरेको हो । लिम्बुलाई घरायसी विवादमा धम्की दिएको जाहेरी परेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

केही दिन अगाडी तरुण दल सुनसरीका सभापति सिजन गुरुङ पक्राउ परेको थियो । प्रहरीले उनलाई गुण्डागर्दी गरेको आरोपमा पक्राउ गरेको हो । निकै विवादित रहेको गुरुङले पछिले समय तरहराकी तिर्थकुमारी गिरीको दश धुर जग्गा हडपेर बनाइएको घरको भाडा २०६८ सालदेखि यता असुल्दै आएको आरोप प्रहरीले पक्राउ गरेको हो । तर, सभापति गुरुङले जग्गा आफ्नै भएको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.