तराई क्षेत्रमा गर्मीका कारण जनजीवन प्रभावित

रिपोर्ट नेपाल | 2023 Jun 06 | 02:16 pm 1057

काठमाडौँ, जेठ २३ । तराई क्षेत्रमा तापक्रमले थ्रेसहोल्ड नाघेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले तराईका केही जिल्लाहरुमा ४० डिग्री सेल्सियस भन्दा माथि तापक्रम बढ्दै गएकाले जनजीवनमा असर पुर्‍याउने भएकाले सचेत हुन आग्रह गरेको छ ।

सोमबार १२ बजेसम्म तराईका ५ जिल्लामा ४० डिग्री सेल्सियस भन्दा बढी तापक्रम थियो । बाँके ४०.७, रुपन्देही ४०.८, धनुषा ४०.५, बारा ४०.५ र मोरङ ४० डिग्री सेल्सियस पुगेको थियो । अत्यधिक गर्मीले तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ । यस्तै, तराई क्षेत्रका विद्यालयहरु समेत बन्द गरिएका छन् ।

गएका केही दिनमा काठमाडौँमा पनि अत्यन्त गर्मि भए पनी आज मंगलबार देखी केही शितलता महशुस गरिएको छ । काठमाडौँमा सोमबारको तापक्रम ३२ डिग्री सेल्सियस थियो । जल तथा मौषम विभागका वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलका अनुसार काठमाडौँमा ३१.३ डिग्री सेल्सियस भन्दा बढी तापक्रम भएमा गर्मीको महशुस हुने गर्दछ । ३३.५ डिग्री सेल्सियस भन्दा बढी भएमा अत्यधिक गर्मी हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.