तमु ल्हाेसारकाे अवसरमा प्रधानमन्त्री दाहालद्वारा शुभकामना शन्देस जारी

रिपोर्ट नेपाल | 2022 Dec 30 | 07:47 am 997

काठमाडौँ, पुस १५ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु ल्हाेसारकाे अवसरमा शुभकामना शन्देस जारी गरेका छन् । तमु ल्होसारका अवसरमा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिका लागि उनले शुभकामना व्यक्त गरेका छन् ।

विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताएका छन् । तमु र दुरा समुदायले मनाउँदै आएको ल्होसार पर्वको अवसरमा शुभकामना दिदै उनले भनेका छन्, “तमु र दुरा समुदायमा मनाउने ल्होसार पर्व नेपालको एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा स्थापित छ ।”

तमु ल्होसारले समस्त नेपालीबीच आपसी सम्बन्ध सुदृढ हुने विश्वास प्रधानमन्त्री प्रचण्डले व्यक्त गरेका छन् । शुभकामना सन्देशमा भनिएको छ, “यस पर्वले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूबीच पारस्परिक  सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन पे्ररणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.