तनहुँ, मंसिर ७ः तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी विजयी भएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी ५ हजार ४७४ मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
भण्डारीले ३० हजार ६०४ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका किरण गुरुङले २५ हजार १३० मत पाएको क्षेत्र नम्बर दुई निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गोविन्द उपाध्यायले बताए ।