तनहुँ, मङ्सिर ८ः तनहुँ–१ को प्रतिनिधी सभा सदस्यमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भारी मतान्तरले विजयी भएका छन् । पौडेलले प्रस्तिपर्धी एमालेका एकबहादुर राना भन्दा ५ हजार ३८८ मतान्तरले विजयी भएका हुन् ।
कुल खसेको मत ६८ हजार १७५ मत मध्ये सत्ता गठबन्धनका साझा पौडेलले २५ हजार ३१३ मत प्राप्त गरे भने एमालेका रानाले १९ हजार ९२५ मत प्राप्त गरे । वरिष्ठ नेता पौडेलको यो छैंटो पटक विजय हो । २०४८ साल देखिका सबै निर्वाचनमा विजयी भएपनि यस अघिको निर्वाचनमा पौडेलले तत्कालिन नेकपा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसानसँग पराजित भएका थिए । यस पटक विजयी भएर पौडेलको प्रधानमन्त्री हुने चाहाना रहेको थियो ।