तनहुँमा यात्रुबाहक बस सडकबाट पल्टियाे, १९ जना घाइते

रिपोर्ट नेपाल | 2018 Nov 11 | 03:44 pm 1579

तनहुँ, कात्तिक २५ : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौली डुम्रेसडक खण्डमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा १९ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

तनहुँको भिमादबाट नारायणघाटतर्गफ जाँदै गरेको ग १ ख ५८४७ नम्बरको बस घाँसिकुवा नजिकै सडकबाट पल्टिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

दुर्घटनाका अधिकांश घाइते गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ । उनीहरूको दमौलीमा रहेको रत्नहरी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा केही यात्रु बसले च्यापिएका कारण क्रेनको माध्यमबाट घाइतेको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.