धनुषा, भदौ ११ः नेपाल प्रहरीका धेरै अधिकृत सार्वजनिक यातायात र भाडाको घरमा बस्ने गरेका छन् भने एक जना सईले अलिसान महल बनाएर पजेरोमा सवार हुन्छन् भन्दा पत्यार नलाग्न सक्छ ।
तर, हामीलाई प्राप्त समाचार अनुसार संघीय प्रहरी इकाई कार्यालय जनकपुरमा कार्यरत महेन्द्र महतोले जनकपुरमा राम्रो घर जग्गा बनाउँदै पजेरो चढेर हिड्ने गरेका छन् ।
जागिरको सुरुवात देखि सरदसिंह भण्डारीको पिएसओ बस्दा बाहेक जनकपुरमा घुमुवा बसेका महतो कसरी एकै ठाउँमा जरो गाडेर बस्न सफल भएका छन् भन्ने बारे कुनै जानकारी प्राप्त हुन सकेको छैन ।
विभिन्न पार्टीका नेता देखि प्रहरीका अधिकृतलाई केटी र रक्सी पुर्याउने क्षमताले महतोको जनकपुरमा बसाई भएको समाचार स्रोत बताउँछ ।
सई महतोले एसएसपीको नाम भजाउँदै तस्कर देखि अवैध काम गर्नेसँग पैसा उठाउने गरेको थाहा पाएपछि तत्कालिन डिआइजी हालका एआइजी हारीपालले पश्चिम लखेटेका थिए ।
हालका एसएसपी किशोर दाहालको सोझोपन र इमान्दारीताको समेत खिल्ली उडाउँदै सई महतोले तस्करलाई लाइन मिलाइदिने र पैसा उठाउने काम गरी रहेका छन् ।
शान्ति सुरक्षा र सूचना संकलनका लागि राखिएका सादा पोशाकका प्रहरीले कर्तव्यलाई भन्दा पैसालाई महत्व दिने गरेका छन् ।
जनकपुरमा कार्यरत सई महेन्द्र महतोले पनि संगठनको भन्दा आफ्नो हितलाई मान्यता दिएका कारण जनकपुर बजारमा अलिसान महल बनाएका छन् र पजेरोमा सवार गर्ने गरेका छन् ।
यस्ता सईलाई कस्ले संरक्षण गरेको छ भन्ने बारे पुष्ट समाचार प्राप्त नभए पनि प्रदेश डिएसपी अंशु सिंहको आशिर्वाद हुन सक्ने अनुमान समाचार स्रोतको छ ।