ढुम्बा खोला बगरमा स्याउ खेती

रिपोर्ट नेपाल | 2023 Mar 17 | 08:17 am 209

मुस्ताङ, चैत ३ः बाँझो जग्गा र खोलाको नदी किनाराको छेउमा तटबन्ध निर्माण गरी स्याउ खेती गर्ने चलन बढेको छ।

सडक यातायातको सहजता भएसँगै पर्यटकीय गतिविधि बढ्दा मुस्ताङका किसानले स्याउबाट आम्दानी गर्न थालेका छन्। आम्दानी बढेसँगै स्याउ खेती पनि विस्तार हुन थालेको छ।

मुस्ताङको घरपझोङ गाउँपालिका–५ ढुम्बाको ठाँडो बग्ने ढुम्बा खोलामा गतवर्षदेखि खेर गएको खाली जग्गामा स्याउ खेती सुरु गरिएको छ। ढुम्बा गाउँमा करिव ४१ घरधुरी छन्। २०६८ सालमा त्यहाको गाउँ समाजले खोलाको बगरे जग्गालाई समान रुपमा भाग लगाएर प्रत्येक घरधुरीलाई छुट्याएर भाग लगाएका थिए। त्यही ठाउँमा अहिले स्याउ खेती थालिएको हो।

बगरमा ईटालीबाट आयात गरिएको करिव ५ हजार उच्चघनत्व प्रविधिमा आधारित स्याउ र करिव ५ सयको हाराहारीमा लोकल रैथाने जातको स्याउका बिरुवा लगाईएको ढुम्बा गाउँका स्थानीय अगुवा ढिन्डुक गुरुङले जानकारी दिए ।

गण्डकी प्रदेशको स्याउ अनुदान कार्यक्रम र प्रधानमन्त्री परियोजना कार्यान्वयन ईकाई मुस्ताङको अनुदानमा ढुम्बा स्थानीय किसानलाई  ७५ प्रतिशत अनुदान सहुलियतमा उच्चघनत्व प्रविधिमा आधारित स्याउ बिरुवा उपलब्ध गराईएको थियो । अन्नपूर्ण पाेस्टबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.